वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वर्षायामको समयमा हुनसक्ने डुबानलाई लक्षित गरेर मङ्गलबारदेखि नै पानीको निकास र फोहरमैला व्यवस्थापनमा सक्रिय रहन सरसफाइकर्मीलाई निर्देशन दिएको छ ।
महानगरका प्रमुख राजेशमान सिंहले वर्षातको समयमा हुनसक्ने डुबानलाई तत्काल निकास दिन तथा फोहर व्यवस्थापनमा कुनै पनि सम्झौता नगर्न ३२ वटै वडाका सफाइकर्मीलाई आज निर्देशन दिएका हुन् ।
“वर्षात्को समयमा पानी जमेर डुबान हुनसक्ने सम्भावना धेरै रहन्छ । त्यसैले सरसफाइकर्मीले डुबान हुने ठाउँमा सावधानी अपनाउनुहोला”, नगरप्रमुख सिंहले भने, “पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा फोहरमैला बढिरहेको छ । यो समस्यालाई जतिसक्दो चाँडो समाधान गर्नुस् ।”
महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले महानगरको सरसफाईमा गुनासो नआउने गरी कार्यसम्पादन गर्न अनुरोध गरेका छन् ।
सम्बन्धित समाचारहरु:
आजको मौसम देशभर कस्तो रहनेछ ?
बिजुली बिक्री गर्न बजार खोज्दै प्राधिकरण
राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालद्वारा पद तथा गोपनियताको सपथ
सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्चालित सडकमा स्थानीयद्वारा अवरोध
पोखरामा बिहानदेखि सार्वजनिक यातायात बन्द
श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
