काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत प्राप्त गए हुन् ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेको थियो । बैठकमा अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री दाहालका पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो । विश्वासको मत प्रक्रियामा एक सय ५८ सांसद सहभागी भएको सभामुख घिमिरेले जानकारी गराए।
कांग्रेसका सांसदको वेल घेराउ र नाराबाजीबीच सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका थिए । कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
सम्बन्धित समाचारहरु:
एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोले -अध्यक्ष माधवकुमार नेपाल
एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित
गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
निर्वाचनमा कुनैपनि दलसंग तालमेल नहुने - अध्यक्ष राजेन्द्र लिङ्देन
गृहमन्त्री रमेश लेखकद्धारा ई–चलान (डिजिटल चिट) को शुभारम्भ
एमालेको आदेश पालना गर्दै टोपबहादुर प्रहरीसामु पुग्नुभयोः महेश बस्नेत
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts