काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ । होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।
नेपालको राजकीय भ्रमणका लागि प्रतिनिधिमण्डलसहित गत मङ्गलबार काठमाडौँ आइपुगेका कतारी अमिर शेखले आएकै दिन साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँगको भेटवार्तामा दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा केन्द्रित भएको आचार्यले जानकारी दिए ।
आज दोस्रो दिन प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका शेखको स्वागतमा आज दिउँसो प्रधानमन्त्री प्रचण्डले द्वारिकाज होटलमा दिवाभोज आयोजना गर्ने कार्यक्रम रहेको छ । कतारी अमिर शेख आज स्वदेश प्रस्थान गर्ने तालिका छ ।
सम्बन्धित समाचारहरु:
सञ्चारमन्त्री शर्मा सरकारको प्रवक्तामा
परराष्ट्रमन्त्रीलाई भारतीय, पाकिस्तानी समकक्षीद्वारा बधाई
एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित
प्रदेश सरकार रणनीतिक अस्पतालहरु निर्माणको योजनामा छ : मन्त्री भण्डारी
प्रधानमन्त्री दाहालले भनेः इपिजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेक...
देउवाद्वारा १० केन्द्रीय सदस्य मनोनीत
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
