काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानको धारा ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकाे भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुन व्यवसायीहरु शैलेन्द्र गुप्ता, खगेन्द्र चापागाईं र दीपक अधिकारीले संयुक्तरुपमा आज रिट दायर गरेका हुन् ।
उनीहरुले संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै धारा ७६ (३) अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति गर्न माग गरेका छन् । यसअघि राष्ट्रपति पाैडेलले संविधानको धारा ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका थिए । उनकाे आज शपथ ग्रहण हुँदैछ ।
प्रधानमन्त्रीको नियुक्ति संविधान अनुसार नभएकाे भन्दै साे नियुक्ति तथा शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरिएकाे हाे ।
सम्बन्धित समाचारहरु:
काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते
सरकारले अपराधी नसमाउ, निर्दोष फसाउ र दोषीलाई छाड भन्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’
निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउनु - दिनेश थपलिया
रास्वपाद्धारा आज सोमबार पनि प्रदर्शन
बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
