काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताए ।
“अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कताकता नेतातन्त्रजस्तो देखिँदै गएको थियो । राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो”, प्रधानन्त्री दाहालले भने, “तर नक्कली भूटानी शरणार्थी, ललिता निवास, बाँसबारी, बालमन्दिर, सुनकाण्डलगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारबाहीले जनतामा लोकतन्त्रप्रति ठूलो भरोसा जागेको छ ।”
सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सम्बन्धित समाचारहरु:
भ्रष्टाचारबिरुद्ध नेकपा एसले आज देशैभरी प्रदर्शन गर्ने
दुर्गा प्रसाईंलाई पोखराबाटै पक्राउ गर्ने तयारी
प्रधानमन्त्री दाहालले भनेः इपिजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेक...
निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
प्राकृतिक प्रकोपबाट नागरिकको जनधन जोगाउने बिषय राज्यको दायित्व हो : रवि लामिछाने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts