प्रधानमन्त्री ओलीले भने : देशको अवस्थालाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता हो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्थालाई उज्यालो तर्फ लैजानु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
६२ औं इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एशोसीयसनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले देशको अवस्था राम्रो नभएको भन्दै त्यसलाई उज्यालो तर्फ लैजानु अहिलेको आवश्यकता रहेको बताएका हुन् ।
उनले देशको अवस्था राम्रो नभएपनि नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको धारणा राखे । उनले अहिले देशको अवस्था जस्तो भए पनि देशको भविष्य भने उज्वल भएकाले कुनै शंका नगरी देश निर्माणको काममा लाग्न आग्रह गरे । सरकाले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने उनको भनाइ छ ।
उनले इन्जिनियर्सहरुको समस्याप्रति गम्भीर भएको बताए । कार्यक्रमका बिभिन्न व्यक्तिहरुलाइ सम्मान गरिएको थियो ।
सम्बन्धित समाचारहरु:
आज २५६७औं बुद्ध जयन्ती : पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै
६ वटा संसदीय समितिका बैठक आज बस्दै
गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौं नारा सार्वजनिक
बिद्यार्थी एकता दिवसमा पाँच बामपन्थी नेता एउटै मञ्चमा देखिने
दुर्लभ पाटे बाघ मृत भेटियो
रुसी सेनामा रहेका नेपालीहरुको संख्या अझै यकिन हुन सकेको छैनः मन्त्री श्रेष्ठ
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
