काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेपाल अल्पविकसित मुलुकबाट स्तनोन्नती हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको पनि जानकारी गराए ।
सो क्रममा उपमन्त्री वर्माले दुई देशबीच ७७ वर्षदेखिको सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाका लागि खुसीको विषय भएको बताए । उनले नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकोमा बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै
‘वर्तमान गठबन्धन सरकारको प्रमुख कार्यभार संविधान संशोधन हाे’ : नेता काेइराला
प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप
सबै दलको छलफलबाट राजनीतिक निकास आउँछः मन्त्री अर्याल
सिद्धेश्वर गुफालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पहल
निगुरो टिप्न जाँदा नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
