रुकुम । कर्णाली प्रदेश सरकार रणनीतिक अस्पताल स्थापनाको योजनामा रहेको प्रदेश सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा विस्तार गर्ने उद्देश्यले रणनीतिक अस्पताल स्थापनाको योजना बनाइएको उनको भनाइ छ ।
आज रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विभिन्न जिल्ला र विकट ठाउँमा पायक पर्ने स्थानमा त्यस्ता अस्पताल स्थापना गर्ने योजना रहेको उनको भनाइ थियो ।
“प्रदेशका सबै ठाउँमा भरपर्दो स्वास्थ्य सेवा पुग्न सकेको छैन । त्यो समस्या समाधानका लागि सरकारले रणनीतिक अस्पताल सञ्चालनको योजना बनाएको हो । सरकारले १२ स्थानमा यस्ता अस्पताल निर्माण गर्ने योजना बनाएको छ,” मन्त्री भण्डारीले भने ।
अस्पतालमा विशेषज्ञ सेवाप्रवाह गर्ने उद्देश्य रहेको उनको भनाइ छ । “प्रदेशका सबै ठाउँमा विशेषज्ञ सेवा भएका अस्पताल पनि छैनन् । जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामा पनि सुविधा नभएको पाइन्छ । जिल्ला अस्पतालसम्म पुग्न समस्या भएको छ । त्यस्ता ठाउँ छनोट गरेर हामीले विशेषज्ञ सेवा सहितका रणनीतिक अस्पतालको अवधारणा ल्याएका हौँ”, मन्त्री भण्डारीले भने । ।
“प्रदेश सरकारहरु गठन हुनुअघि निर्माण थालिएका तर निर्माण हुन नसकेका धेरै स्वास्थ्य भवन अलपत्र अवस्थामा छन् । उतिखेर भवन निर्माण गरिरहेका कतिपय कार्यालयहरु सङ्घीयतापछि प्रदेशमा नहुँदा भवन निर्माणको काम अलपत्र परेका हुन् । त्यस्ता भवनको तथ्याङ्क सङ्कलन भइरहेको र अवस्था हेरेर निर्माणलाई निरन्तरता दिइने छ”, मन्त्री भण्डारीले भने ।
त्यस्तै ‘एक पालिका, एक नमुना विद्यालय’ स्थापना कार्यक्रम, प्रदेश अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्ने, प्रदेशमै स्वास्थ्यका दक्ष जनशक्ति उत्पादनमा प्रदेश सरकारको प्राथमिकता रहेको उनको भनाइ छ ।
सम्बन्धित समाचारहरु:
जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्छु - उपाध्यक्ष सुवास नेम्वाङ
धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा
मुसिकोटकाे नेपानेमा बोलेरो गाडी हुँदा तीन जनाको मृत्यु, तीन घाइते
ललितपुर महानगरपालिकाद्वारा स्वीकृतिविना राखिएका बोर्ड हटाउन निर्देशन
नितिनको निर्देशन रहेको ‘पिरिम लाम’ लोकप्रिय बन्दै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts