हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकमा अनिवार्यरुपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।
आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकाले बैठकमा अनिवार्य उपस्थित हुन नेता थपलियाले पार्टीका सांसदलाई निर्देशन दिएका हुन् ।
आज १ बजे बस्ने भनिएको बैठक अहिले केहीबेरमा बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिइएको बताए । बदलिएको सत्ता समीकरणमा एमाले साझेदार दल भएकाले आफ्ना सांसदलाई मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको पक्षमा मत दिन निर्देशन दिइएको उनको भनाइ छ ।
सत्ता समीकरणअनुसार गत शनिबार मात्रै एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको थियो । एमालेबाट नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएको छ ।
सम्बन्धित समाचारहरु:
अध्यक्ष माधवकुमार नेपाल- केहि दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यहार गर्यो
शेखर कोइरालाले भने : वर्तमान सरकार ढल्ने सम्भावना छैन
माधव नेपालले भने : सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्छ
देउवाद्वारा १० केन्द्रीय सदस्य मनोनीत
खान सवार कार धादिङमा दुर्घटना
प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद सुरु भएको छः प्रधानमन्त्र...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
