काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नेछन् ।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएको छ ।
यसैबीच प्रतिनिधिसभा अन्तर्गतकै कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि आज बस्दैछ । बिहान ९ बजे बस्ने बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस हुने र छलफल गर्ने कार्यसूची रहेकाे बताइएकाे छ ।
सम्बन्धित समाचारहरु:
शिक्षा मन्त्रालयको आदेश : अनुमति नलिई सञ्चालनमा रहेका विदेशी सम्बन्धनका कलेजमा भ...
काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सर्लाहीको चुरेमाईमा
दुर्घटनामा परे गायक प्रमोद खरेल
मौद्रिक नीति २०८१/८२ : चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गरिने
बिभिन्न जिल्लामा आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको छ -अध्यक्ष माध...
आगामी बजेटमा पूर्व क्षेत्रले प्राथमिकता पाउँछ : प्रधानमन्त्री
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
