काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रचण्डमा चरम सत्तामोह देखिएको बताएका छन् ।
१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीले बुधबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा भट्टराईले सत्ताका लागि प्रचण्डले जोसुकै संग पनि समिकरण गर्ने र तोड्ने गरेको आरोप समेत लगाए ।
माओवादी आन्दोलनका केहि नेताहरुको आग्रहमा प्रचण्डलाई यसअघिको निर्वाचनमा सहयोग गरेको र गोरखाबाट जित हासिल गर्न सफल भएको भन्दै भट्टराईले चूनाव जितेपछि प्रचण्डले खोला तर्यो लौरौ बिस्र्यो जस्तो व्यवहार देखाएको जिकिर गरे । उनले प्रचण्डप्रति आफ्नो विश्वास नरहेपछि माओवादीभित्रका केहि व्यक्तिले नयाँ ढंगको आन्दोलनका लागि जानुपर्छ भनेकाले नै साझा चूनाव चिन्ह लिएर निर्वाचन लडेको बताए । उनले पार्टीले नयाँबाटो तय गरेको भन्दै देशलाई बिकल्प दिएरै छाड्ने जिकिर गरे । पुराना शक्तिहरुलाई जतिसुकै दयामाया गरेपनि उनीहरु सच्चिनेवाला नरहेको उनले बताए ।
देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नभएसम्म देशमा राजनीतिक स्थीरता र सुशासन कायम हुनै नसक्ने उनले बताए । उनले अब पार्टीभित्र कुनै पदाधिकारी नरहेको भन्दै प्रत्यक्ष निर्वाचित पदाधिकारी चयन गर्नेसहितको नयाँ पार्टी अभियानको घोषणा समेत गरे ।
सम्बन्धित समाचारहरु:
निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन प्रधानमन्त्री शेरबहादुर देउ...
नेकपा एमाले भोजपुरको ९औं जिल्ला अधिवेशनको मिति सर्यो
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान
एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित
निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७१ जना नयाँ निर्वाचन अधिकृतमा नियुक्त
शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुने प्रधानमन्त्रीको आश्वासन
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
