एजेन्सी । सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च गर्ने अपेक्षा गरिएको फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले बताएका छन् ।
“हामीलाई अझै पनि ओलम्पिकको लागत थाहा छैन । यसमा तीन, चार वा पाँच अर्ब युरो खर्च हुनेछ”, अडिटिङ निकायका प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई भने ।
सन् २०१७ मा सहर छनोट गर्दा छ अर्ब ६० करोड यूरो बजेट छुट्याइएको थियो । हाल निजी र सार्वजनिक लागतसहित पेरिस ओलम्पिकको लागत करिब नौ अर्ब यूरो पुग्ने अनुमान गरिएको हो ।
सन् २०२० मा अक्सफोर्ड विश्वविद्यालयका शिक्षाविद्हरूले गरेको अध्ययनमा सन् १९६० यताका हरेक ग्रीष्मकालीन ओलम्पिकको खर्च बजेटभन्दा बढी भएको निष्कर्ष निस्केको थियो । सन् १९७६ मा मन्ट्रियल र सन् २०१६ मा रियो डे जेनेरियो ओलम्पिकमा भएको अत्यधिक खर्चका कारण ऋणमा डुबेका थिए ।
पेरिस आयोजकहरूले लागत कम गर्न आवश्यकताको ९५ प्रतिशत विद्यमान खेलकुद पूर्वाधार तथा सामग्रीहरूको प्रयोग गर्ने प्रतिज्ञा गरेका छन् ।
सम्बन्धित समाचारहरु:
एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुव...
एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण सुरु
एसीसी प्रिमियर कप : समूह चरणको अन्तिम २ खेल आज, नेपालले कतारसँग खेल्दै
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आर.बि.बि. ह...
संकटको भूमरीमा नेपाली फुटबल
एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ लगातार तेस्रो जित
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
