तनहुँ । पृथ्वीराजमार्गअन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले राससलाई जानकारी दिए ।
“ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो”,उनले भने, “अहिले दुइतर्फी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।”
पहिराले अस्पतालमा क्षति, सेवा बन्द
तनहुँको भानु नगरपालिका–५ स्थित पुरनडिही अस्पताल भवनमा पहिरो खस्दा सेवा प्रभावित भएको छ । पहिराले अस्पताल भवनको प्रयोगशाला र प्रसूति कक्षमा क्षति भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।
अस्पतालबाट अति आवश्यक आधारभूत सेवामात्र प्रवाह भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालबाट नियमित सञ्चालन भइरहेको प्रयोगशाला सेवा र प्रसूति सेवा भने पूर्ण रूपमा बन्द हुने अस्पतालले एक सूचना निकालेर जनाएको छ ।
सम्बन्धित समाचारहरु:
६ वटा संसदीय समितिका बैठक आज बस्दै
प्रहरीद्वारा धादिङबाट चार किलो चरेश बरामद
चन्द्रागिरीमा भेटिएकाे शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय
भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी
अविरल वर्षापछि आएकाे लेदाेले अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्ला
गृहमन्त्री रमेश लेखकद्धारा ई–चलान (डिजिटल चिट) को शुभारम्भ
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts