काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरेका छन् ।
पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उनले सामाजिक सञ्जालमार्फत् निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गरे ।
“उनले नै सामान्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गरे र पार्टी स्थापनाको नेतृत्व गरे”, प्रधानमन्त्रीले भनेका छन् ।
विसं २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, मोतिदेवी श्रेष्ठसहितले भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
सम्बन्धित समाचारहरु:
दुर्गा प्रसाईलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतको आदेश
मन्त्री भण्डारीले भने : लगानीमैत्री वातावरण बनाउन मन्त्रालय क्रियाशील छ
प्रतिनिधिसभाः बढ्दो हवाई दुर्घटनासँगै नियामकको भूमिकामाथि प्रश्न
आर्थिक वर्ष २०८१/८२ को बजेट यस्तो छ, हेर्नुहोस् (पूर्णपाठसहित)
राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन LIVE
आजदेखि जसपा नेपालको आधारभूत सङ्गठन निर्माण अभियान
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
