काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनका बिषयमा सहमतिको प्रयास भइरहेको बताएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले छानविन समिति गठनका बिषयमा प्रधानमन्त्रीसंग निरन्तर छलफल भइरहेको भन्दै आइतबारसम्म एउटा सहमतिमा पुग्न सकिने बताएका हुन् ।
उनले गृहमन्त्री लगाएत अन्य समस्याग्रस्त सहकारीका बिषयमा अध्ययन गर्नेगरि समिति बनाउनुपर्ने धारणा राखे । रवि लामिछाने सहकारी प्रकरणमा संलग्न भएको स्पष्ट रहेको भन्दै उनले पावरका भरमा कसैले पनि उन्मुक्ति पाउन नहुने जिकिर गरे ।
प्रवक्ता महतले कांग्रेसले उठाएका बिषयमा गम्भीर नभएकै कारण लगातार सदन अवरु हुन पुगेकाले सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका उत्पन्न हुनु स्वभाविक रहेको बताए ।
उनले बिपक्षी दलहरुको बैठकले पनि संसदीय छानविन समितिबाट पछि नहट्ने निर्णय गरेको जानकारी दिएका छन् ।
सम्बन्धित समाचारहरु:
संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न प्रेरणा मिल्ने प्र...
नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नमा आज प्रधानमन्त्री प्र...
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
आज गणतन्त्र दिवस मनाइँदै
थपिएको मत थपिएको जिम्मेवारी हो : रवि लामिछाने
अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
