हुम्ला । जिल्लाको उत्तरी क्षेत्रका विद्यालयको पाठ्यपुस्तक सदरमुकाम सिमकोटमा थन्किएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ । शैक्षिकसत्र गत फागुन २ गतेदेखि सुरु भए पनि पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित भएको हो ।
एक सातादेखि जिल्लामा परेको भारी हिमपातका कारण सदरमुकाम सिमकोटमा पाठ्यपुस्तक थन्किएको भन्दै गत फागुन २३ गते नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण गराएको थियो ।
उपाध्यक्ष लामाका अनुसार कर्णाली करिडोरअन्तर्गतको सिमकोट–हिल्सा सडक खण्डमा हिमपात परेका आवागमन अवरुद्ध हुँदा पुस्तक सम्बन्धित विद्यालयमा पु-याउन नसकिएको हो । पाठ्यपुस्तक अभावका कारण नाम्खा गाउँपालिकाका–१ देखि ६ र सिमकोट गाउँपालिकाका–७ र ८ मा रहेका विद्यालयको पठनपाठन प्रभावित बनेको सिमकोट–८ का वडाध्यक्ष कमलबहादुर बुढाले बताए ।
सदरमुकाममा पुस्तक पुगे पनि बाटो अवरुद्धका कारण विद्यालयसम्म पु¥याउन नसकिएको सिमकोट–७ का वडाध्यक्ष बलवीर शाहीले बताए । तत्काल सडकमा जमेको हिउँ पन्छाउनका लागि प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलसमक्ष अनुरोध गरिएको उनको भनाइ छ ।
नाम्खा गाउँपालिकाका १७ विद्यालयका एक हजार एक सय ५१ र सिमकोटका गाउँपालिका आठ विद्यालयका एक हजार चार सय ८७ जना विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
सम्बन्धित समाचारहरु:
सहकारी प्रकरणमा रवि लामिछानेलाई क्लिन चिट दिँदैन : नारायणकाजी श्रेष्ठ
श्रीलंका संकट: प्रधानमन्त्री राजापाक्षेलाई प्रदर्शनकारीको हमला, राजीनामा दिन आग्...
संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु
‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि जितिन् आश्माकुमारीले
अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने
सौर्य एयरलाइन्स दुर्घटनाः क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सुधार हुँदै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
