एजेन्सी । पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान आप्रवासीहरू अफगानिस्तान फिर्ता गराएको तालिबानको नेतृत्वमा रहेको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार देशको प्रहरीले निष्कासन गरेपछि दुई सय ६० अफगान आप्रवासी पाकिस्तानबाट काबुल फर्केका छन् ।
यसैबीच दुई हजार तीन सय ६८ अफगान आप्रवासीहरू सोही दिन इरानबाट अफगानिस्तानमा पुनः प्रवेश गरेको खामा प्रेसले जनाएको छ । आप्रवासीहरू नानगाहार प्रान्तको तोरखाम सीमा हुँदै देशमा फर्केको जनाइएको छ । फर्केका व्यक्तिहरू हेरात प्रान्तको इस्लाम काला सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरूले बताएका छन् ।
हालैका महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूको निष्कासन तीव्र भएपछि तालिबानको शरणार्थी मन्त्रालयले इरानबाट आप्रवासीहरूको फिर्तीको घोषणा गरेको छ । यसअघि एम्नेस्टी इन्टरनेसनलले पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने योजना तत्काल रद्द गर्न आह्वान गर्दै यो योजना अन्तर्राष्ट्रिय मानव अधिकार कानून र शरणार्थी कानून विपरीत भएको उल्लेख गरेको थियो ।
यसैबीच तालिबानका कार्यवाहक शरणार्थी तथा स्वदेश फिर्ती मामिलामन्त्रीले पाकिस्तानलाई अफगान आप्रवासीको मुद्दा द्विपक्षीय समझदारीको ढाँचाभित्र समाधान गर्न आग्रह गरेका थिए । पाकिस्तानबाट कागजातविहीन अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने पहिलो चरण नोभेम्बर २०२३ देखि सुरु भएको थियो ।
मानव अधिकारवादी सङ्गठन तथा तालिबानले पाकिस्तानको कार्यको आलोचना गरेका छन् । यद्यपी पाकिस्तानी सरकारले यो कुनै जातीय समुदाय निर्देशित प्रक्रिया नभएकोमा जोड दिएको छ ।
सम्बन्धित समाचारहरु:
अमेरिकासँगको वार्तामा ताइवान र सुरक्षाबारे ‘गम्भीर चासो’ व्यक्त गर्ने चीनको भनाइ
अमेरिकी चुनाव : ह्यारिस आधिकारिकरूपमै डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतीय उम्मेद्व...
भारतमा बढ्दो तापक्रमले स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी
अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन
ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प
भारतको दूध उत्पादन विश्वमा सबैभन्दा बढी, गहुँ र चामलभन्दा पनि बढी : प्रधानमन्त्र...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts