जुम्ला । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो ।
जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्णरूपमा सञ्चालन भएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ ।
पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको बताउँदै उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको बताए । स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गरेका छन् ।
सम्बन्धित समाचारहरु:
देशका ठूला भनिएका पार्टी र नेता सुध्रिए मात्र मुलुक सुध्रिछ -अध्यक्ष राजेन्द्र ल...
कांग्रेसले मुलुकका सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने
जिम्बावे ’ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा नेपालले सहज जित निकालेको ...
सुनको मूल्यमा सामान्य गिरावट
मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो
आजदेखि पानी पर्न कम हुने, जोखिम भने कायमै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
