काभ्रे । गए रातिदेखि परेकाे अविरल वर्षासँगै आएकाे पहिराेले काभ्रेका अरनिकाे र बीपी राजमार्ग अवरुद्ध भएका छन् ।
आज बिहान करिब ११ बजे काभ्रेपलाञ्चोककाे धुलिखेल नगरपालिका वडा नम्बर ७ डम्पिङ साईड नजिकै अरनिको राजमार्गमा सडकभन्दा माथिबाट पहिरो आउँदा रुख ढलेर बिजुलीको तार चुँडिएकाे थियाे । साथै सडक पनि अवरुद्ध भएकाेमा हाल एकतर्फी सुचारु भएकाे प्रहरीले जनाएकाे छ ।
विद्युत प्राधिकरणका कर्मचारीले अवरुद्ध विद्युत सुचारु गराउने प्रयास गरिरहेका छन् । उता काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका वडा नम्बर ११ माम्तिस्थित बीपी राजमार्गमा अविरल बर्षाका कारण खहरे खोलाबाट लेदोसहितको बाढी आई बाटो दुईतर्फी नै अवरोध भएको छ।
साे स्थानमा ट्राफिकसहितको प्रहरी टोली खटिएर गएको र स्थानीय निकाय तथा सडक बिभागसँग समन्वय गरि बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएकाे छ।
सम्बन्धित समाचारहरु:
डेङ्गीका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने
देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै
महानगर र उपमहानगरपालिकाबाहेक अरु स्थानीय तहमा गठबन्धनबीच तालमेल हुनै सकेन - अध्य...
संवैधानिक परिषद्को बैठक आज बस्दै
नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि होः प्रधानमन्त्री दाहाल
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
