काठमाडौँ । पराष्ट्रमन्त्री डा आरजु राणा देउवा आजदेखि छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएकी छन् । उनका भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धनबारे छलफल गर्ने जनाइएको छ । दुई देशबीचमा नियमितरुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्री राणा भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।
सम्बन्धित समाचारहरु:
धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
मदन–आश्रित स्मृति दिवसले वामपन्थीबीच एकता गर्ने प्रेरणा दिन्छ: प्रचण्ड
गठबन्धन फेरिएपछि पहिलोपटक संसद्मा प्रधानमन्त्रीको सम्बोधन
कीर्तिपुर-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन
मैले राजनीतिक छाडेको छैन पदमात्र नलिएको हो - उमेदवार सिर्जना सिंह
आजकाे माैसम : केही भागमा वर्षा हुने सम्भावना
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
