काठमाडौँ । नेपाल र चीनबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोग र बोनम्यारो प्रत्यारोपणसम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ ।
शुक्रबार अर्थमन्त्रालयमा अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सीका प्रमुख लिनु झाओ हुईले हस्ताक्षर गरेका हुन् ।
सम्झौता कार्यक्रममा अर्थमन्त्री बर्षमान पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकोमा चीनलाई धन्यवाद ज्ञापन गरेका छन् । मन्त्री पुनले यसअघि भएको चिनियाँ राष्ट्रपति सी जिन फिङको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्याएको बताएका छन् । विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी आउन थालेको भन्दै मन्त्री पुनले आगामी दिनमा सहायता र लगानी बढाउन आग्रह गरेका छन् ।
मन्त्री पुनले नेपाल र चीनबीच भएको विभिन्न सम्झौतालाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् । त्यस्तै चीनका तर्फबाट लिनु झाओ हुईले लगानी सम्मेलनका लागि आफुहरु उत्साहित रहेको र नेपालमा चिनियाँ लगानी ल्याउने धारणा राखेका छन् ।
सम्बन्धित समाचारहरु:
कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह
बागमती प्रदेशकाे मन्त्रिपरिषदमा एक जना मन्त्री थप
लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग सांसद प्रेम सुवालको माग
विष्णु रिजालले दिए प्रचण्डलाई सुझावः शारदाप्रसाद अधिकारीको घर छाडेर एमालेको विरो...
बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
बढ्यो सुनको मूल्य
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts