काठमाडौँ । प्रविधिको क्षेत्रमा भएका नवीन विकासलाई आत्मसात् गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धानका निम्ति सञ्चालन गरेको ‘नेपाल प्रहरी मोबाइल एप्लिकेशन (एप)’ उपयोगी साबित भएको छ ।
स्मार्ट फोन र अन्य मोबाइल उपकरणमा सर्वसाधारणको सहज पहुँचसँगै मोबाइल एपको प्रयोग पनि बढ्दै गएको छ । सूचना र सन्देश सङ्कलन तथा सम्प्रेषण गर्न प्रयोग गरिएको ‘नेपाल प्रहरी मोबाइल एप’बाट आमनागरिक आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शीको रुपमा प्रहरीलाई स्थानसहितको सूचना दिने सुविधा उपयोग गर्न सक्षम भएका छन् । प्रहरीलाई पनि घटनास्थलमा पुगेर प्रभावकारीरूपमा काम गर्न मद्दत पुगेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।
नेपाल प्रहरी मोबाइल एपद्वारा ‘अडियो’, फोटो र ‘भिडियो’जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा मद्दत पुगेको उनले बताए । उक्त एपको प्रयोगबाट आमनागरिकले ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जिपिएस)मा आधारित रहेर फोटो, भिडियो, अडियो र ‘टेक्स्ट’ सम्प्रेषण गर्न सक्छन् । उनी भन्छन् , “नेपाल प्रहरीको कामलाई प्रविधिमैत्री सेवाका रुपमा संस्थागत गर्ने उद्देश्यअनुरुप परीक्षणका रुपमा एप सञ्चालन भएको हो ।” हाल ७७ वटै जिल्लामा प्रहरी एपमार्फत आएका गुनासा र सूचनाका आधारमा नजिकैको प्रहरी कार्यालयबाट तुरुन्त प्रहरी परिचालन गर्ने व्यवस्था भएको छ ।
समुदायमा हुने आपराधिक क्रियाकलाप, अन्य घटना एवं दुर्घटना तथा सूचनालाई चाँडो प्रवाह गर्न, अपराधिलाई तत्काल नियन्त्रणमा लिन तथा शान्ति सुव्यवस्था कायम गर्न एप उपयोगी भएको उनले बताए । यो एप प्रहरीको सूचना प्रविधि निर्देशनालयले गरेको हो । निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्य यो एप हरेक नागरिकले प्रयोग गरी आफू सुरक्षित हुन र प्रहरीलाई पनि सघाउन सक्ने बताउँछन् ।
सम्बन्धित समाचारहरु:
स्रोत नखुलेको अन्ठानब्बे लाख रकम सहित दुई जना पक्राउ
आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै
सुदूरपश्चिम र कर्णालीका छ जिल्लामा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरिँदै
सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप भोलि सोमबारबाट सुरु
परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेट, के विषयमा भयो छलफल ?
गठबन्धन टुटाउने षड्यन्त्रलाई असफल पार्नुपर्छ -प्रधानमन्त्री शेर बहादुर देउवा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts