काठमाडौं । भारतको लखनउमा यही अप्रिल १५ देखि २१ सम्म आयोजना हुन लागेको इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल(आईसीएफसी)’ मा नेपाली सर्ट फिल्म ‘पाउलो (द सुज)’ मनोनयनमा परेको छ ।
जुत्ताको कथावस्तु रहेको फिल्ममा नरेन भट्टराई, प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाको अभिनय छ ।
काठमाडौंमा छायांकन गरिएको फिल्ममा मोहन अभिलाषीको लेखन तथा निर्देशन छ । लेखक तथा निर्देशक अभिलाषीले फिल्ममा पशुपतिनाथ परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथालाई देखाइने बताए ।
‘फिल्ममा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाहपश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको छ’, निर्देशक अभिलाषीले भने । उनले जुत्ता सामाग्री मात्र नभई मानवीय अनुभूति पनि भएको बताए ।
फिल्ममा रेनुका कार्कीको कास्टिङ, चक्रप्रसाद पोखरेलको प्रोडक्सन, करन साउदको सहायक निर्देशन, नारायण जिसीको छायांकन र अनिलकुमार महर्जनको सम्पादन छ । फिल्म ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको हो ।
निर्देशक अभिलाषीले यसअघि यसअघि निर्माण गरेका सर्ट फिल्म ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुलवाल’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भई प्रदर्शन भइसकेका छन् ।
सम्बन्धित समाचारहरु:
‘कान्छी मट्याङट्याङ’का गायक एलपी जोशी सधैँका लागि अस्ताए
गीतकार तिमल्सिनाको शब्द रचनामा “तिम्रै परिधिमा म बाँचेको छु” बजारमा (भिडियोसहित)
कवि तथा गीतकार सृजना अर्यालको नयाँ गीत ‘मनको मान्छे’ सार्वजनिक
दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड सम्पन्न, उत्कृस्ट अभिनेत्रीमा सुरक्षा पन्...
मोडल अर्जुन तिरुवाद्धारा अभिनित ‘कृष्ण पुकार’ सार्वजनिक (भिडियोसहित)
नितिनको निर्देशन रहेको ‘पिरिम लाम’ लोकप्रिय बन्दै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts