काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् ।
पेसागत महासंघ राष्ट्रिय समितिले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालमा कानुनी रूपमा संघीयता कार्यान्वयन रहेको भए पनि व्यवहारिक रूपमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकिरहेको बताएका हुन् ।
हिजो निरकुुंश व्यवस्था हुँदा जनतालाई राज्यको विरुद्ध उभ्याउने काम भएको भए पनि पोखरेलले अब जनतालाई राज्यको पक्षमा उभ्याउन आवश्यक रहेको बताए ।उनले अहिले पनि श्रमिकमा विभेद र शोषण भए पनि त्यसको प्रकृति फरक भएको बताए । आजको अवस्थालाई हेरेर ट्रेड युनियन आन्दोलनलाई नयाँ परिभाषित गर्नुपर्ने उनको भनाई छ । उनले समाजलाई सहि ढंगले अघि बढाउनका लागि ट्रेड युनियन आन्दोलनले सहि बाटो समात्नुपर्ने बताए ।
उनले अहिले अरूलाई सम्मान गर्ने संस्कृतिको अभाव भएको टिप्पणी गरे । समाजले सकारात्मक ढङ्गले नहेर्दा समाज परिवर्तन गर्न नसकिने उनले बताए ।
सम्बन्धित समाचारहरु:
संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्यव्यवस्था समितिबाट पारित
उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट
माओवादीलाई घेराहाल्ने क्रम रोकिएको छैन - अध्यक्ष पुष्प कमल दाहाल
गृहमन्त्री रवि लामिछानेले भने : अपराध गर्ने कसैलाई छोड्दिन
पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट
लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, पक्षमा ७० र विपक्षमा ११ ...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts