काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।
समाजवादीबाट मधेश प्रदेश सरकारमा राज्यमन्त्री समेत बनिसकेका यादव आइतबार एमाले प्रवेश गरेका हुन् । उनीसहित मधेश प्रदेशबाट बिभिन्न दलका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।
सो क्रममा अध्यक्ष ओलीले इमान्दारीताका साथ पार्टी, देश र जनतामा केन्द्रीत भइ काम गर्न आग्रह गरे । उनले गुटका पछाडी नभइ पार्टीका पक्षमा दृढ रुपमा उभिनुपर्नेमा जोड दिए । बिभिन्न कठिनाई, षडयन्त्रलाई चिरेर अहिलेको अवस्थामा आइपुगेको भन्दै ओलीले भविष्यमा थप सफलता प्राप्त गर्दै अघि बढ्ने उल्लेख गरे ।
एमाले प्रवेश गरेका यादवले कम्युनिष्टलाई समाप्त पार्ने गरि नेकपा एकीकृत समाजवादी अघि बढेकाले पुरानो एमाले पार्टीमा प्रवेश गरेको बताए ।
सम्बन्धित समाचारहरु:
गानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन
कास्की पहिरो अपडेट : एकै परिवारका सातसहित नौ जनाको मृत्यु
गणतन्त्र खारेज गर्नु पर्ने माग गर्दै राप्रपाको प्रदर्शन
आज थप १२ जनामा कोरोना संक्रमण
कात्तिक कृष्णपक्षः दोस्रो चाड तिहार (यमपञ्चक) सुरु, काग तिहार भने भाेलि
अमेरिकी उप–विदेशमन्त्री वर्मा नेपाल भ्रमणमा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
