भोजपुर । यसअघि २०८१ वैशाख ३-४ लाई तय भएको नेकपा एमाले भोजपुरको ९औं जिल्ला अधिवेशनको मिति सरेको छ । सरेको अधिवेशनको नयाँ मिति वैशाखकै २० र २१ गते तोकिएको अध्यक्ष शरणकुमार राईले बताएका छन् ।
वैशाख १५ गते हुने उपचुनावका लागि नेता-कार्यकर्ता इलाममा केन्द्रित हुनुपर्ने भएकाले पार्टी केन्द्रको निर्देशनअनुसार अधिवेशन सारिएको राईले जानकारी दिएका छन् ।
शनिबार बसेको पदाधिकारी बैठकले अधिवेशनका लागि सबै निर्वाचन क्षेत्रबाट वैशाख १३ गते प्रतिनिधि छनोट गर्ने निर्णयसमेत गरेको छ ।
सम्बन्धित समाचारहरु:
प्रधानमन्त्रीसमक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन’ प्रस्तुत
आगामी आर्थिक वर्षदेखि राससले २४सै घण्टा सेवा प्रवाह गर्ने : सञ्चारमन्त्री शर्मा
एमाले नवलपुरकाे अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
‘फाष्ट ट्रयाक’मा विपद् प्रभावितको राहत र पुनःस्थापन, के के गर्दैछ सरकार ?
निर्वाचन आयोगको चेतावनीः उपनिर्वाचनमा आचारसंहिता पालना नगरे कडा कारबाही हुन्छ
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts