भरतपुर । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौ किलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।
सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरु भएको बताइएको छ ।
सम्बन्धित समाचारहरु:
राेकिएकाे गौतमबुद्ध क्रिकेट रङ्गशालाकाे निर्माण पुन: सुरु
लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, पक्षमा ७० र विपक्षमा ११ ...
खरिपाटी बस दुर्घटना: १० जना घाइते, दुईकाे गम्भीर अवस्था
नेपाल कम्युनिष्ट पार्टीको असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन
जेठमा सुरु हुने भयो तेस्रो संस्करणको नेपाल बास्केटबल लिग
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ को मृत्यु
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
