धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।
नाउपाका एक नेताका अनुसार यो निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।
बैठकमा संस्थापक रेशम चौधरी सहभागी थिएनन् । सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता रहेको थियो ।
सम्बन्धित समाचारहरु:
देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकताः प्रधानमन्त्री ओली
स्थानीय तहको निर्वाचन कुनै हालतमा सर्दैन - अध्यक्ष पुष्पकमल दाहाल
सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा
माधव नेपालले भने : सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्छ
राप्रपा जिल्ला अध्यक्षको भेला आज पनि जारी
आज पनि प्रतिनिधि सभा बैठक बस्ने ,के छ कार्यसूचीमा ?
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
