धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।
नाउपाका एक नेताका अनुसार यो निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।
बैठकमा संस्थापक रेशम चौधरी सहभागी थिएनन् । सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता रहेको थियो ।
सम्बन्धित समाचारहरु:
बाबुराम भट्टराईले भने : प्रधानमन्त्री दाहाल सत्ताका लागि मरिहत्ते गर्छन्
सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक
जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै
जसपा नेपालको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन
लघुवित्तको सेवा शुल्क घट्यो
संविधानको मर्मअनुरुप काम गर्नुपर्नेमा कोशी प्रदेशका मुख्यमन्त्रीकाे जाेड
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts