भक्तपुर । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् ।
उनले विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने बताए । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै उद्योगी, शेयर बजार, बैंक, वित्तीय संस्था तथा अन्य व्यापार व्यवसायी उत्साही रहेको भन्दै उनले अब देशको अर्थतन्त्र सुधार हुनेमा विश्वास रहेको बताए ।
एमाले भक्तपुर इञ्चार्जसमेत रहेका नेता बस्नेतले धरासायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने बताउँदै नेपाल विद्युत् प्राधिकरणले विद्युत्को लाइन काटिदिएका कारण उद्योगी पलायन हुनुपर्ने अवस्था बनेको आरोप लगाए । उनले उद्योगी पलायन हुने अवस्थालाई रोक्न प्रधानमन्त्रीले प्राधिकरणको निर्णयलाई उल्ट्याउँदै उद्योगीलाई उद्योग सञ्चालन गर्ने वातावरण बनाएको बताए ।
सम्बन्धित समाचारहरु:
ललितपुर महानगरपालीकाको प्रमुख र उपप्रमुखमा राप्रपाले उम्मेद्वारी दर्ता गरायो
प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद सुरु भएको छः प्रधानमन्त्र...
राजेन्द्र लिङ्देनले संसद्को रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन बजेट पु...
र्आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समधान गर्छु : मन्त्री दीलेन्द्रप्रसाद ...
उपप्रधानमन्त्री सिंहले भने : विकासका गतिविधि आवश्यकतामा आधारमा अगाडि बढाउँछौं
उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts