जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचारप्रसार गर्ने उद्देश्यले संरक्षण र प्रवर्द्धनको पहल थालेको हो ।
नदैको प्रचारप्रसार, गुफा परिसरमा मन्दिर पुनःनिर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त सर्शत अनुदानमार्फत रु ९० लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । सङ्घीय सरकारबाट प्राप्त बजेटबाट गुफाको भौतिक संरचना, गुफासम्म पुग्ने पदमार्ग, धर्मशालालगायत भौतिक संरचना निर्माण गरिने उनको भनाइ छ । वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागि बजेट सङ्घीय सरकारबाट बजेट व्यस्थापन भएको छ ।
“अलपत्रमा रहेको नदै गुफालाई संरक्षण गरी पूर्वाधार निर्माण गरेमा यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ । यहाँ दुई सय मिटर लामो धार्मिक गुफा छ । परम्परागतरुपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने विशेषता देख्न सकिन्छ”, उनले भने, “यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ । साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरेका छौँ ।”
गुफा ऐतिहासिक रुपमा महत्वपूर्ण मानिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गुनासो स्थानीयको छ । ऐतिहासिक यस गुफालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले पहल थालेको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताए ।
पालिकाले गुफाको बारेमा विस्तुत अवलोकन, थप अनुसन्धान तथा यहाँको विशेषताबारे खोजी गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । नीति कार्यक्रम तथा बजेटमा तिलाका पर्यटकीय क्षेत्रको परिचान गरी प्रचारप्रसार र संरक्षणलाई पालिकाले विशेष प्रथामिकतामा राखेको गाउँपालिका कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समूदायको प्रतिनिधित्व गराउन दबाब
२०७२ सालको शक्तिशाली भूकम्पको आठ वर्ष पूरा
राप्रपा जिल्ला अध्यक्षको भेला आज पनि जारी
नदीजन्य वस्तु उत्खनन रोकिँदा विकास निर्माण प्रभावित
राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न बजेटको समस्या हुन दिन्नः मन्त्री म...
बगरखेती आम्दानीको स्रोत बन्दै बगरखेती
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts