दुर्गा प्रसाईलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतको आदेश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने आदेश नगर्न सर्वोच्च अदालतल आदेश दिएकोे छ । प्रसाईको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईँले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईँको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाई गर्दै थुनामुक्तको आदेश दिन इन्कार गरेको हो । सो रिटमा सरकारको नाममा कारण देखाउ आदेश भने जारी भएको छ ।
प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सम्बन्धित समाचारहरु:
२९ तोला सुनसहित दुई जना पक्राउ
आज सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिसभा मनाइँदै
दाउ प्रहार गरी श्रीमान श्रीमतीले नै बनाए एकअर्कालाई गम्भीर घाइते
बिरगंजबाट काठमाडौं आउँदै गरेको बस खैरहनीमा दुर्घटना, ३१ जना घाइते
उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
त्रिभुवन विमानस्थलमा यसरी गरियो उद्धार अभ्यास
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
