दुर्गा प्रसाईलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतको आदेश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने आदेश नगर्न सर्वोच्च अदालतल आदेश दिएकोे छ । प्रसाईको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईँले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईँको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाई गर्दै थुनामुक्तको आदेश दिन इन्कार गरेको हो । सो रिटमा सरकारको नाममा कारण देखाउ आदेश भने जारी भएको छ ।
प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सम्बन्धित समाचारहरु:
क्यानमाथि आर्थिक अनियमता गरेको आरोप लगाउदै छानविन समिति बनाउन भीम आचार्यको माग
मानव अधिकार आयोगको कानुन संशोधन गर्न बाँकेमा सुझाव सङ्कलन
भक्तपुर मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार न...
आज महाशिवरात्री, कस्तो रहनेछ तपाईको भाग्य ? हेर्नुस् राशिफल
स्वाद र स्वास्थ्यको सारः बेसार
आगामी २-३ हप्तामा रूसी र युक्रेनको लडाइँ तीव्र हुने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
