वासिङ्टन डीसी । विश्व बैङ्कले सन् २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान गरेको छ । पछिल्लो अपडेटमा सन् २३–२४ मा भारतको उत्पादन वृद्धि ७.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । विश्व बैंकको प्रतिवेदनले दिगो विकासलाई कमजोर पार्ने खतरा रहेको र यस क्षेत्रको रोजगारी सिर्जना गर्ने र जलवायु सन्तुलन प्रतिक्रियामा बाधा पुग्न सक्ने औंल्याएको छ ।
दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष मार्टिन रेजरले “छोटो अवधिमा दक्षिण एसियाको वृद्धिको सम्भावना उज्ज्वल रहेको तर कमजोर वित्तीय स्थिति र बढ्दो जलवायु प्रभावले समस्या हुन सक्ने” बताए । विकासलाई थप लचिलो बनाउन निजी लगानीलाई बढावा दिँदै रोजगारी वृद्धिलाई सुदृढ पार्न नीतिगत व्यवस्था गर्नु आवश्यक रहेको उनले बताए ।
प्रतिवेदनले पाकिस्तानको अर्थतन्त्र पनि सन् २०२४–२५ मा २.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यसैगरि श्रीलङ्कामा सन् २०२५ सम्ममा भण्डार, विप्रेषण र पर्यटनमा पुनः प्राप्तिका साथ उत्पादन वृद्धि २.५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ । बङ्गलादेशमा उच्च मुद्रास्फीति र व्यापार तथा विदेशी विनिमयमा प्रतिबन्धले आर्थिक गतिविधिलाई बाधा पुग्दा सन् २०२४–२५ मा ५.७ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।
प्रतिवेदनले व्यापार खुलापन र वित्तमा पहुँच बढाउन, व्यापारिक वातावरण र संस्थाहरूमा सुधार, वित्तीय क्षेत्रका प्रतिबन्धहरू हटाउन, शिक्षामा सुधार, र महिलाको आर्थिक गतिविधिमा प्रतिबन्धहरू हटाउने जस्ता दृढ विकासलाई प्रोत्साहित गरि रोजगारीलाई बढावा दिन विभिन्न नीतिहरू सिफारिस गरेको छ । यी उपायहरूले विकास र उत्पादकत्व बढाउन र जलवायु अनुकूलनमा सार्वजनिक लगानीका लागि ठाउँ खाली गर्न पनि मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
आज युरोपियन युरो एकको खरिद दर १४५.११ रुपैयाँ, अन्यको कति ?
अर्थतन्त्रको अवस्था भयावह भएको छैन : डा. गुणाकर भट्ट
श्रीलंकाका डाक्टरहरूले बच्चाहरूलाई बचाउन तत्काल चिकित्सा सामग्री खोज्दै
चालु आर्थिक वर्षकाे नौ महिनामा पुँजीगत खर्च ३२ प्रतिशत मात्रै
आज युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा, अन्यको कति ?
सुनकाे मूल्यमा आज सामान्य गिरावट
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
