काठमाडौँ । पहिरोको कारण मुग्लिन–नारायणघढ सडकअन्तर्गत सिमलतालमा हराएका दुईवटा बस अझै भेटिएका छैनन् । यद्यपी उक्त बसहरुमा सवार रहेको १५ जना यात्रुहरुको शव फेला परेको छ । पहिरोले बगाउँदा त्रिशूलीमा खसेका २ बससँगै बेपत्ता यात्रुमध्ये आज थप १ जनाको शव फेला परेसँगै मृतकहरुको संख्या १५ पुगेको हो ।
सशस्त्र प्रहरी बलले दिएको विवरणअनुसार खोजीका क्रममा पछिल्लोपटक आज बिहान पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका–७ नारायणी नदीमा फेला परेको शवको पहिचान भने खुल्न सकेको छैन ।
वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा प्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना र काठमाडौँबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ जना गरी जम्मा ६५ यात्रु बससँगै त्रिशूलीमा खसेका थिए ।
तीमध्ये तीन जना पौडिएर बँच्न सफल भए भने बाँकी ६२ जना बेपत्ता थिए । अब अझै ४७ जना भेटिन बाँकी छन् ।
सम्बन्धित समाचारहरु:
प्लास्टिकका भाँडाले माटोका भाँडा लोप हुँदै
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु
२०७२ सालको शक्तिशाली भूकम्पको आठ वर्ष पूरा
काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा
बाढी पहिरोमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आयाे
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts