काठमाडौँ । बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । सोमबारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।
बागमती प्रदेश प्रमुख दीपक देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । शपथका लागि राष्ट्रपति कार्यालयले साँझ ५ बजेको समय तोकेको छ।
यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुख बनाएको थियो । उनीहरूलाई हटाएर कांग्रेस–एमाले गठबन्धनले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो ।
सम्बन्धित समाचारहरु:
चूनावी तालमेलका बिषयमा विवाद भए केन्द्रले टुङ्ग्याउने
ओलीले दिए प्रचण्डलाई यस्तो जवाफः आफूहरुले हतियार नचलाए बिसाउन लगाउन आउँछ
'हेर्न नमिल्नेमा' गृहमन्त्री लामिछानेविरुद्धको मुद्धा
कार्यसूचीमा प्रवेश नै नगरि स्थगित भयो प्रतिनिधिसभाको बैठक
एमाले आज नयाँ गठबन्धबारे छलफल गर्न सचिवालय बैठक बस्दै
बाबुराम भट्टराईले भने : प्रधानमन्त्री दाहाल सत्ताका लागि मरिहत्ते गर्छन्
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
