काठमाडौँ । बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । सोमबारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।
बागमती प्रदेश प्रमुख दीपक देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । शपथका लागि राष्ट्रपति कार्यालयले साँझ ५ बजेको समय तोकेको छ।
यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुख बनाएको थियो । उनीहरूलाई हटाएर कांग्रेस–एमाले गठबन्धनले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो ।
सम्बन्धित समाचारहरु:
प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको मृत्यु
संविधान अनुसारको दायित्व पुरा गर्न सहज वातावरण बन्न सकेन -सभामुख अग्नी सापकोटा
राष्ट्रपतिद्वारा राजदूतलाई शपथ
विष्णु रिजालले दिए प्रचण्डलाई सुझावः शारदाप्रसाद अधिकारीको घर छाडेर एमालेको विरो...
डा भट्टराईले भनेः राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्नुपर्छ : सांसद श्रेष्ठ
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts