तिनखुट्टेमा दम्पत्ति हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ । काभ्रे प्रहरीले जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ तिनखुट्टेमा दम्पत्ति हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै तिनखुट्टेमा जेठ ७ गते भएको दम्पत्तिहत्यामा संलग्नलाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख एसपी बशुन्धरा खड्काका अनुसार दम्पत्तिको हत्यामा संलग्न सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ घर का ३८ वर्षीय एकेन्द्र सार्की हुन् । प्रहरीले ‘अप्रेशन महाभारत’ नाम दिएर दम्पत्तिको हत्यामा संलग्नको खोजी गरेको थियो ।

एकेन्द्रले जेठ ७ गते राती मान बहादुर बल र निजको श्रीमती केकै माया तामाङलाई फलामको रड र फलामको घन लगायतका औजारहरु प्रयोग गरी हत्या गरेका थिए । हत्यापछि सुनका गरगहनाहरु, मृतकहरुको पसलमा रहेको रिचार्ज कार्डहरु तथा नगद रकम समेत लुटी लगेका प्रहरी अनुसन्धानबाट खुलेको खड्काले बताए । पक्राउ परेका व्यक्तिको आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न दवाव परेपछि लुटपाट गर्न हत्या गरेको उनले बताए ।

त्यस्तै प्रहरीले काभ्रे तेमाल गाँउपालिका वडा नं. ०२ को काफलडाँडा स्थित चुखाबाट तिनपिपल जाने कच्ची सडक खण्डमा बर्ष ५७ को साहिली तामाङलाई फलामको रडले शरीरको बिभिन्न भागमा बिभत्स तवरले निर्ममता पुर्वक हत्या गर्ने सोही ठाँउका बर्ष ५७ को मानध्वज तामाङलाइ समेत सार्वजनिक गरेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>