काठमाडौं । डिभी लट्री २०२५ को नतिजा सार्वजनिक भएको छ । यूएस डिपार्टमेन्ट अफ स्टेट्स अन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार डाइभर्सिटी भिसा (डिभी) लट्री २०२५ को नतिजा सार्वजनिक गरेको हाे ।
डिभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डिभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ ।
नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य छ । डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क नमागिने अमेरिकी दूतावासले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित - महा...
अर्थतन्त्रको अवस्था भयावह भएको छैन : डा. गुणाकर भट्ट
उद्योगपति श्रवणकुमार अग्रवालको निधन
चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत प्रहरीको नियन्त्रणमा
नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै
उम्मेदवार सिर्जना सिंहले जनतासंग गरिएका प्रतिवद्धता पुरा गरेरै छाड्ने - महामन्त्...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
