झापा । आर्थिक वर्ष २०८०/८१ मा झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म दर्ता भएका हुन् ।
उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन् । गत आवमा दुई सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी तीन अर्ब २८ करोडले बढेको थियो । वाणिज्यतर्फ दुई सय ७८ फर्मले पुँजी वृद्धि गर्दा रु पाँच अर्ब एक करोड १० लाख ५० हजार भएको छ ।
उक्त कार्यालयले गत आवमा रु दुई करोड ६८ लाख ९० हजार सात सय ५० राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० मा रु एक करोड ८० लाख छ हजार सङ्कलन भएको थियो ।
सम्बन्धित समाचारहरु:
रश्मिला प्रजापति प्रकरणका मेरो कुनै दोष छैन - केशव स्थापित
आजको मौसम देशभर कस्तो रहनेछ ?
बाढीपहिरोका कारण काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
धनगढी–दिपायल द्रुतमार्गकाे कालोपत्र धमाधम हुँदै
महेन्द्रनगर नगर विकास समितिको जग्गा प्रकरणमा १०९ जनामाथि विशेष मुद्धा दर्ता
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
