काठमाडौँ । यस वर्षको दसैँलाई लक्षित गर्दै नेपाली चलचित्र ‘ज्वाईं साब’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।
मंगलबार पहिलो झलक स्वरूप पोस्टर र कलाकारको आवरण (लुक्स) सार्वजनिक गर्दै चलचित्र असोज २४ देखि प्रदर्शन हुने निर्देशक वसन्त निरौलाले जानकारी दिए । निरौलाले भने, “चलचित्रमा दसैँको प्रसङ्ग भएकाले हामीले यसलाई फूलपातीदेखि प्रदर्शनमा ल्याउन लागेका हौँ । विशुद्ध पारिवारिक कथामा तयार भएकाले स–परिवारसँगै बसेर हेर्ने चलचित्र बनेको छ । यसमा अहिलेको पुस्ता र पुरानो पुस्ताको विवाह प्रतिको धारणालाई प्रस्तुत गरिएको छ ।”
निर्देशक निरौलाका अनुसार चलचित्रमा विवाहका लागि बेहुला खोजिरहेको परिवारको कथालाई प्रस्तुत गरिएको छ । यसमा जीतु नेपाल, नीति शाह, वुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायत कलाकारले अभिनय गरेका छन् ।
लामो समयदेखि पोस्टर डिजाइनरको रूपमा कार्यरत विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीले कथा लेखन, शङ्कर धितालले पटकथा तथा संवाद लेखन, श्याम तामाङले छायाङ्कन, अर्जुन पोखरेल र महेश ताम्राकारले सङ्गीत सिर्जना गरेका छन् ।
सम्बन्धित समाचारहरु:
सिनेमा समाज रुपान्तरणको शक्तिशालि हतियार हो : मन्त्री तामाङ
नेपाली सर्ट फिल्म ‘पाउलो ‘इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’मा मनोनयन
‘चलचित्र ‘गोर्खा वारियर’मा पुर्खाले भोगेका वास्तविक घटना चित्रण भएको छ’
अर्जुन दाहालको कविता संग्रह “हिड्न बाँकी बाटाहरू“ सार्वजनिक
नेपाल ओलम्पिक कमिटीको आयोजनामा आर्ट फेस्टिबल हुने
अभिनेता सौगात मल्ल भन्छन्ः नाटकमा फर्किने योजनामा छु
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
