काठमाडौं । प्रजातन्त्रलाई संस्थागत गर्नका लागि नवीन्द्रराज जोशीको योगदान महत्वपूर्ण रहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।
जोशीको आज तेस्रो वार्षिक स्मृति दिवसका अवसरमा नेता सिंहले २०१७ सालमा गुमेको प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि जोशीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । जोशी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री समेत थिए ।
नेता सिंहले भने, ’पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि नेपाल विद्यार्थी सङ्घमा रहेर जोशीले गरेको योगदान महत्वपूर्ण छ, उहाँ नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय ढङ्गले लाग्ने व्यक्ति हुनुहुन्थ्यो ।
जोशी उद्योगमन्त्री भएको बेलामा आफ्नो क्षेत्र र देशको हितमा गरेको काम सदा स्मरणीय रहने नेता सिंहले बताएका छन् । जोशी लौहपुरुष गणेशमान सिंहको सच्चा अनुयायी भएको उनको भनाइ थियो ।
सम्बन्धित समाचारहरु:
प्रतिनिधिसभा : बाढीपहिरो र सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसदहरु...
देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेका छः प्रधानमन्त्री प्रचण्ड
बागमती प्रदेशकाे मन्त्रिपरिषदमा एक जना मन्त्री थप
संसद्मा गीतबाट सवाल–जवाफ
सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने
प्रतिनिधिसभा बैठकः प्राकृतिक विपद्बाट बच्न समयमै तयारी थाल्न आग्रह
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
