मकवानपुर । बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज रासससँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् ।
बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनले बताए। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्छन् ।
सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिए । बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।
सम्बन्धित समाचारहरु:
कर्णाली प्रदेश सरकारमा माओवादीका चार मन्त्रीले दिए राजीनामा
सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने
मुख्यमन्त्री कार्की भन्छन् : पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ
आज पनि प्रतिनिधि सभा बैठक बस्ने ,के छ कार्यसूचीमा ?
नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यले उठाएको प्रश्नमा आज प्रधानमन्त्री प्र...
आर्थिक वर्ष २०८१/८२ को बजेट यस्तो छ, हेर्नुहोस् (पूर्णपाठसहित)
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
