काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको लोकेसन पत्ता लागिसकेको बताएका छन् । आज चितवन पुगेका गृहमन्त्री लामिछानेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको र केही कुटनीतिक पहलमा ढिलाई भएको दाबी गरे ।
‘जीबी राई कहाँ छन् भन्ने हामीलाई थाहा भइसकेको छ । मलाई मलेसियाको गृहमन्त्रीले नै कन्फर्म गर्नुभएको छ,’ उनले भने ।
मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारणले उनलाई ल्याउन केही ढिलाई भएको लामिछानेको भनाइ रहेको छ । ‘यो अनुसन्धानमा हामीले धेरै काम गरेर नजिक आएका छौँ। यो बीचमा दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ, आजभन्दा तीन चार दिन अगाडि पनि मेरो उहाँसँग कुरा भएको छ। हाम्रो सुपर्दुगी सन्धी नभएका कारणले अलिकति कुटनीतिक पहलमा समय लागेको छ। नजिक छौँ। दिनराज कोशिस गरिरहेका छौँ ।’ उनले भने ।
सम्बन्धित समाचारहरु:
बजेटलाई सन्तुलनमा ल्याउने काम भइरहेको छः हिक्मत कार्की
सुशील थापा - काठमाडौंको रुपान्तरणका लागि काम गर्छु ।
थपिएको मत थपिएको जिम्मेवारी हो : रवि लामिछाने
प्रचण्ड दाहालले भनेः सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने प्रधानमन्त्रीले नै पुष...
आगामी बजेटमा पूर्व क्षेत्रले प्राथमिकता पाउँछ : प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डद्धारा औद्योगिक क्रान्तिमा पछि परेका देशका चुनौती सम्बोधन ग...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
