काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको लोकेसन पत्ता लागिसकेको बताएका छन् । आज चितवन पुगेका गृहमन्त्री लामिछानेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको र केही कुटनीतिक पहलमा ढिलाई भएको दाबी गरे ।
‘जीबी राई कहाँ छन् भन्ने हामीलाई थाहा भइसकेको छ । मलाई मलेसियाको गृहमन्त्रीले नै कन्फर्म गर्नुभएको छ,’ उनले भने ।
मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारणले उनलाई ल्याउन केही ढिलाई भएको लामिछानेको भनाइ रहेको छ । ‘यो अनुसन्धानमा हामीले धेरै काम गरेर नजिक आएका छौँ। यो बीचमा दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ, आजभन्दा तीन चार दिन अगाडि पनि मेरो उहाँसँग कुरा भएको छ। हाम्रो सुपर्दुगी सन्धी नभएका कारणले अलिकति कुटनीतिक पहलमा समय लागेको छ। नजिक छौँ। दिनराज कोशिस गरिरहेका छौँ ।’ उनले भने ।
सम्बन्धित समाचारहरु:
मुख्यमन्त्री पाण्डे एमालेसँग विश्वासको मत माग्दै
बैंकिङ तथा वित्तीय कारोवारका लागी पनि राष्ट्रिय परिचयपत्र अनिवार्य
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत वृद्धि हुने
‘वर्तमान गठबन्धन सरकारको प्रमुख कार्यभार संविधान संशोधन हाे’ : नेता काेइराला
प्रधानमन्त्री दाहालद्वारा हेटौँडा सबस्टेसन उद्घाटन
किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
