मुम्बई । दक्षिण भारतीय स्टार अभिनेता कार्तिको चलचित्र ‘सरदार’ गत वर्ष हिट भएपछि यसको सिक्वेलको रुपमा ‘सरदार २’को छायाँकन सोमबारबाट चेन्नईको सालिग्राममा रहेको प्रसाद स्टुडियोमा सुरु भएको थियो । यो चलचित्र छायाँकन भएको तेश्रो दिन बुधबार छायाँकनको क्रममा माथिबाट खसेर एक द्वन्द्व कलाकार (स्टन्ट म्यान) को मृत्यु भएको छ ।
सरदार २ को छायांकन साउन १५ गतेबाट सुरु भएको थियो तर यो डरलाग्दो र दुखद दुर्घटनापछि रोकिएको थियो । एजुमलाईको मृत्युको खबरमा मुख्य अभिनेता कार्तीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । सरदार २ लाई निर्माताहरूले जुलाई १२ मा पूजासँगै चेन्नईमा आधिकारिक रूपमा लन्च गरेका थिए। कार्यक्रममा कार्ती, शिवकुमार, पीएस मिथरानलगायतको सहभागिता रहेको थियो । इन्स्टाग्राममा पूजाका केही तस्बिर सेयर गर्दै निर्माताले लेखेका छन्,
सरदार २ को सेटमा स्टन्टम्यान एजुमलाईको निधन भएको छ । एजुमलाईको एक्शन सिक्वेन्सको सुटिङका क्रममा २० फिट माथिबाट लडेर मृत्यु भएको बताइएको छ । इन्डिया टुडेको रिपोर्ट अनुसार स्टुडियोमा सरदार २ को एक्सन सिक्वेन्स सुटिङ गर्ने क्रममा इजुमलाई २० फिटको उचाइबाट खसेका थिए । टाउकोमा गम्भिर चोटका कारण एजुमलाईको मृत्यु भएको बताइएको छ । उनको मृत्युको कारण आन्तरिक रक्तस्राव भएको बताइएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी अधिकारीहरु घटनास्थलमा पुगेर अहिले घटनाको अनुसन्धान गरिरहेका छन् ।
सरदार २ को छायांकन साउन १५ गतेबाट सुरु भएको थियो । एजुमलाईको मृत्युको खबरमा मुख्य अभिनेता कार्तीले दुःख व्यक्त गरेका छन् । बुधबार नै एजुमलाई दाहसँस्कारमा चलचित्रको युनिट जुटेको थियो । यसका निर्देशक पीएस मिथरानले यो मृतकका परिवारलाई आफुहरुले सहयोग गर्ने बताएका छन् ।
सम्बन्धित समाचारहरु:
रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु
स्रष्टा पुरु लम्सालको शब्द संगीत रहेको ‘फर्की हेर न’ सार्वजनिक (भिडियोसहित)
श्रीलंकाका डाक्टरहरूले बच्चाहरूलाई बचाउन तत्काल चिकित्सा सामग्री खोज्दै
चीनमा H3N8 बर्ड फ्लूको पहिलो मानव केस
दिगो विकासका लागि कार्बन बजार प्रवद्र्धन गर्न अफ्रिकाको आग्रह
श्रीलंका संकट: प्रधानमन्त्री राजापाक्षेलाई प्रदर्शनकारीको हमला, राजीनामा दिन आग्...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
