मनहरी । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।
चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंँडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीले बताइन् । उनका अनुसार मृतकको शव अस्पतालमा राखिएको रहेको छ ।
घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली राक्सिराङस्थित प्रहरी चौकी गएको प्रवक्ता भण्डारीले बताइन् ।
सम्बन्धित समाचारहरु:
क्षयरोगबाट तनहुँमा छ महिनामा सातको मृत्यु
सगरमाथा क्षेत्र भ्रमणको क्रममा कोरियाली नागरिकको लडेर ज्यान गयो
कृषि विकास बैंक लि. द्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संम्पन्न
आजदेखि जसपा नेपालको आधारभूत सङ्गठन निर्माण अभियान
तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन चैत्र २८ र २९ गते हुदै
पाटनकाे कृष्ण मन्दिरमा आज दर्शनार्थीको घुइँचो
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts