काठमाडौँ । घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा पुगेको छ ।
मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसंगै नेपाल समूहचरणको एक खेल अगावै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा पुगेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो ।
श्रीलंका पहिलो खेलमा नेपालसंग पराजित भएको थियो । दुवै खेलमा पराजित भएसंगै श्रीलंका समूह ए बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले आफ्नो समूहको दोस्रो खेल भाद्र ६ गते बंगलादेशसँग खेल्नेछ ।
६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।
सम्बन्धित समाचारहरु:
कुवेतमा आयोजना हुने एएफसी एसियन कपमा नेपाली राष्ट्रिय फुटबल टोली छनोट
राेकिएकाे गौतमबुद्ध क्रिकेट रङ्गशालाकाे निर्माण पुन: सुरु
एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ लगातार तेस्रो जित
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आर.बि.बि. ह...
वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा
करातेमा नौ स्वर्णसहित १६ पदकका साथ बागमती प्रथम
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts