काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २ हजार ७ सय घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैंयाँमा कारोबार भइरहेको छ । मङ्गलबार दिन सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैंयाँमा कारोबार भएको थियो ।
यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैंयाँसम्म पुगेको थियो ।
चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको एक हजार ६ सय ५० रुपैंयाँ रहेको चाँदी आज एक हजार ६ सय ३० रुपैंयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
सुनको मूल्य आज पनि बढ्याे
आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रसमक्ष आह्वान
सोलुको थामेमा विद्युत् सेवा सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको निर्देशन
घटेको १० प्रतिशत ब्रोकर कमिसन आजबाट लागु
घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै ?
आज पनि सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts