गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चार जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चार जना बेपत्ता भएका उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् ।
पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले बताइन् । प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए । थप विवरण आउन बाँकी छ ।
सम्बन्धित समाचारहरु:
एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहस गर्न तयार छु- अध्यक्ष केपी शर्मा ओली
काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज साढे २ घण्टा आकाशमा घुमेपछि…
काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० जना घाइते
स्वतन्त्र उम्मेद्वार बालेन शाहले उम्मेद्वारी दर्ता गराए
अध्यक्ष नेपालले भने : संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ
मुलुकको बिकासका लागि सबै गम्भीर भएर लग्नु पर्छ : मन्त्री ज्ञानेन्द्रबहादुर कार...
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
