काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक उल्लंङ्घन रेकर्ड सिस्टम (टिभिआरएस) को ई–चलान कार्यान्वयनमा ल्याएको छ ।
आइतबार ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री रमेश लेखकले ई–चलान अर्थात डिजिटल चिटको शुभारम्भ गरेका हुन् । ट्राफिक चेकिङको क्रममा नागरिक एपबाटै सवारी चालक अनुमतिपत्र देखाउनसकिने र ट्राफिक उल्लंघन गरेमा चिटको जरिवाना समेत तत्काल एपमार्फत तिर्न सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
डिजिटल चिटको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले ट्राफिक प्रहरीले ट्राफिक नियमको सचेतनाका लागि विद्यार्थी केन्द्रीत अभियान चलाउनुपर्ने बताए । ट्राफिक नियमको पालना गर्दै ठूलो चूनौतिको रुपमा रहेको सवारी दुर्घटनालाई न्यूनिकरण गर्नुपर्ने उनले बताए । गृहमन्त्री लेखकले हालैको बाढीपहिरोका कारण देशभरका सडक अवस्था विग्रिएको भन्दै निर्माणको काम तीव्र रुपमा भइरहेको जानकारी दिए । विपद्पछिको राहत र पुनस्र्थापनाका लागि सरकारले गग्भीर भएर काम गरिरहेको उनको भनाइ छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउदै अघि बढ्ने बताए । उनले यातायात व्यवस्था बिभागले छाप्न बाँकी रहेको २२ लाख सवारी चालक अनुमतिपत्र छपाई गरेपछि प्रदेशलाई नै सवारी चालक अनुमतिपत्र छाप्ने दिने गरि तयारी भइरहेको जानकारी दिए । अनलाईनमा सवारी चालक अनुमतिपत्र देखाउन मिल्ने भएपनि कार्ड छपाईको काम भने नरोकिने उनको भनाइ छ । उनले यसअघि सवारी चालक अनुमतिपत्रमा राखिएको चिप्स प्रयोगबिहिन रहेकाले अव नियमावली परिवर्तन गरेर चिप्स नराखि सवारी चालक अनुमतिपत्र छपाईको व्यवस्था गर्ने उल्लेख गरे ।
त्यस्तै प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरले यातायात क्षेत्र प्रविधिमैत्री हुदै गएको अवस्थामा ट्राफिक प्रहरीको कामकारवाही पनि क्रमश प्रविधिमैत्री बनाउदै लगिएको जानकारी दिए । नागरिकलाई सहज सेवा प्रवाहका लागि ट्राफिक प्रहरीलाई आवश्यक उपकरण समेत हस्तान्तरण भइरहेको उनले बताए ।
सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था नै इ–चलान भएको ट्राफिक प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न बजेटको समस्या हुन दिन्नः मन्त्री म...
विपद्मा पीडितहरुका लागि सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध गरिएको छः गृहमन्त्री ...
आज दुई वटा समितिको बैठक बस्दै
मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो
झापामा गत आर्थिक वर्षमा एक हजार एक सय १० नयाँ उद्योग दर्ता
गभर्नरलाई कारवाही गर्नु सरकारको गैरजिम्मेवारपन- नेता शेखर कोइराला
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
