गाजा । इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
उक्त सङ्ख्यामा पछिल्लो २४ घण्टामा मृत्यु भएका कम्तिमा ६३ जना पनि समावेश गरिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । हमास लडाकूहरूले अक्टोबर ७ मा इजराइलमा आक्रमण गरी युद्ध सुरु गरेपछि गाजा क्षेत्रका ७५ हजार ३९२ जना घाइते भएका छन् ।
इजराइली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल, अल–शिफामा दुई हप्तादेखि जारी सुरक्षा कारबाही रोकेको केही घण्टापछि सोमबार मन्त्रालयले सो विज्ञप्ति जारी गरेको हो ।
“इजराइली सेनाले गरेको कारबाहीमा बिगत दुई हप्तामा अस्पताल र वरपर करिब ३०० जनाको मृत्यु भएको छ,” गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ताले बताए ।
सम्बन्धित समाचारहरु:
ब्ल्याक होलमा पहिलो पटक देखियो ‘जागरण’
रुसले युक्रेनको ओडेसा नजिकैको एयरफिल्डमा अमेरिकी हतियार आक्रमण गर्यो
उष्णकटिबंधीय तूफान मेगी: उद्धारकर्ताहरू मृतकको सङ्ख्या बढ्दै गएपछि बाँचेकाहरूलाई...
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
नेतालाई रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने बङ्गलादेशी विद्यार्थी समूहको प्रशासनला...
म्यान्माको याङ्गुन नदीमा डुङ्गा दुर्घटनामा परेका पाँच जनाको शव निकालियो
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
