एजेन्सी । गाजाको करिब ८४ प्रतिशत भूभागमा बस्ती खाली गर्न इजरायली सेनाले आदेश जारी गरेको राष्ट्र सङ्घीय राहत तथा मानव विकास एजेन्सीले जनाएको छ । दिनहुँ आउने आदेशले गाजाका सर्वसाधारणलाई पिरोल्ने गरेको छ ।
राष्ट्र सङ्घघीय राहत तथा कार्य निकाय (युएनआरडब्लुए)ले सामाजिक सञ्जाल एक्समार्फत शरणार्थीहरू जीवन रक्षाका लागि सबै कुरा छोडेर भाग्दा भाग्दा थकित भएको तथा जानका लागि सुरक्षित ठाउँ नभएको जनाएको छ ।
गाजा युद्ध सुरु भएदेखि नै इजरायली सेनाले गाजाबासीलाई सैन्य कारबाहीको तयारीका लागि घर छोड्न माग गर्दै आएको छ । विस्थापित व्यक्तिहरू युएनआरडब्लुए आश्रयमा शरण लिन, आफन्तसँग वा सडक र विद्यालयहरूमा बस्न बाध्य भएका छन् ।
हमासद्वारा सञ्चालित गाजाका सरकारी सञ्चार माध्यमको तथ्याङ्क अनुसार वर्तमान द्वन्द्वका कारण गाजा क्षेत्रको कूल २३ लाख जनसङ्ख्यामध्ये २० लाख मानिस विस्थापित भएका छन् ।
सम्बन्धित समाचारहरु:
SpaceX को Falcon 9 ले दोस्रो पटक जासूस उपग्रह प्रक्षेपण गर्यो
थाईल्याण्डमा विमान दुर्घटना, नौ जनाको मृत्यु
ब्ल्याक होलमा पहिलो पटक देखियो ‘जागरण’
इरानको तेल संरचनामा इजरायलले आक्रमण नगरेपछि तेलको मूल्यमा गिरावट
गहुँको भण्डारणको स्थिती अनिवार्य घोषणा गर्न भारत सरकारकाे निर्देशन
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
