गाजापट्टी । गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले भने हमासको कमान्ड सेन्टरमा आक्रमण गरेको जनाएको छ ।
यो आक्रमणसँगै गाजामा जुलाई ६ यता हमला हुने विद्यालयको सङ्ख्या कम्तीमा ११ पुगेको छ । यसमा हमासद्वारा सञ्चालित क्षेत्रका अधिकारीहरूले यसअघि दिएको सङ्ख्याको आधारमा करिब एक सय ५० जना मारिएका छन् ।
“हसन सलामेह नरसंहार र अल–नासर विद्यालयमा भएको बम विष्फोटमा शहीद हुनेको सङ्ख्या ३० पुगेको छ, दर्जनौँ घाइते पनि भएका छन्”, नागरिक रक्षाका प्रवक्ता महमुद बासलले भने । मृतक र घाइते हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् ।
उनले इजरायल र हमास लडाकुहरूबीच चलिरहेको युद्धमा घरबाट विस्थापित प्यालेस्टिनीहरूलाई स्कूलहरूले आवास प्रदान गरिरहेको बताए । इजरायली सेनाले दुई विद्यालयलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको छ ।
नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार गाजा सहरमा अर्को स्कुल परिसरमा इजरायली सेनाले यस्तै आक्रमण गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको थियाे ।एजेन्सी
सम्बन्धित समाचारहरु:
विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्र सङ्घ
विश्वभर एक दिनमा एक अर्ब डलरको खाना खेर जान्छ
जुवा खेल्ने अस्ट्रेलियालीहरूको संख्या बढ्दै
युक्रेनी विद्यालयमा बम विष्फोटमा - ६० भन्दा बढीको मृत्यु
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३१ हजार नाघ्यो
अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको विस्फोटमा १० जनाको मृत्यु ,४० जना घाइते
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
